<p>क्याम्पस सञ्चालक समितिको बैठक सम्पन्न ।</p>

<p>क्याम्पस सञ्चालक समितिको बैठक सम्पन्न ।</p>

2026-08-14 / 2026-08-16T23:59:00
53
DMC Admin

 

श्रावण २९,

 

 

धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालक समितिको बैठक बसेको छ । उक्त बैठमा क्याम्पस प्रमुख सह प्रा डा. सुदर्शन सिलवालले क्याम्पसको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै धवलागिरि बहुमुखी क्याम्पसको वर्तमान अवस्था समितिमा जानकारी गराउनु भएको थियो । क्याम्पसको भौतिक तथा शैक्षिक विकसमा गरेको प्रगतिलाई प्रस्तुत गर्दै धवलागिरि क्षेत्रको अनुसन्धन केन्द्रका रुपमा विकास गर्न सबै लागेको विचार व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा छात्रवृति कोष सञ्चालन, इन्कुबेसन कक्ष स्थापन, राष्ट्रिय सम्मेलन गरिएको र यस वर्ष अन्तराष्ट्रिय सम्मेलन गर्ने योजनामा रहेको विचार व्यक्त गर्नु भएको थियो । उच्च शैक्षिक योग्यताका साथै देशमा नै उत्कृष्ट नतिजा प्राप्त गरेर क्याम्पसको गौरवलाई बढाउने काम गरिएको छ ।

 

 

क्याम्पस प्रमुख सिलवालले क्याम्पसमा भर्ना भएर छोडने प्रवृति विश्वविद्यालयको नै चुनौति रहेको र विषेश गरी ड्रपआउट नै सबै भन्दा ठुलो समस्या भएको जानकरी गराउनु भएको थियो । उक्त अवसरमा बागलुङ शिक्षा समन्वय एकाइका प्रमुख प्रकाश बन्धु अर्याल, बुद्धीजीवि गोपाल शर्मा र अविभावको धवबहादुर परियारले क्याम्पसको प्रगतिमा सबैको साथ सहयोग रहने विचार व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले क्याम्पस भावी नीति तथा कार्यक्रम प्रस्तुत गुर्न भएको थियो । बैठकमा क्याम्पस कार्यकारी समितिले यस वर्ष गरेका विभिन्न  निर्णयहरुलाई अनुमोदन गर्ने काम गरिएको थियो ।ृस्व वि यु अध्यक्ष, प्राध्यापक संघ, कर्मचारी संघ तथा विभागीय प्रमुखहरुले क्याम्पसको समग्र विकासमा आ आफ्नो स्थानबाट सक्रियता साथ अग्रसर हरने विचार व्यक्त गर्नु भएको थियो । सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले समुदायसंग क्याम्पसको सम्बन्धलाई सुदृढ बनाउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । लेखा प्रमुखले २०८२÷०८३ सालको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अविभावक सबैले क्याम्पसको सकारात्मक सोचका साथ कार्य गरेमा क्याम्पसको गौरव अझ बढाउन सकिने विचार व्यक्त गर्नु भएको थियो ।

 

 

धवलागिरि महेन्द्र इण्टर कलेजको रुपमा २०१९ साल भाद्र २ गते स्थापन भएको यस क्याम्पसको स्थापन दिवस भाद्र २ गते अविभावकसंगको अन्तकृया कार्यक्रमा सबैले अ–आफ्नो स्थानबाट सक्रियाता साथ सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता र क्याम्पस प्रमुख सहप्रा डा. सुदर्शन सिलवालको स्वागत तथा सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न गरिएको थियो ।