उपचारात्मक कक्षा (Remedial Class) सञ्चालनसम्बन्धी सूचना ।

उपचारात्मक कक्षा (Remedial Class) सञ्चालनसम्बन्धी सूचना ।

2026-05-07
DMC Admin

उपचारात्मक कक्षा (Remedial Class) सञ्चालनसम्बन्धी सूचना ।

उपर्युक्त विषयका सम्बन्धमा यस क्याम्पसमा व्यवस्थापन र शिक्षाशास्त्र स‌ङ्कायअन्तर्गत स्नातक तह प्रथम र दोस्रो वर्षमा भर्ना भई नियमित रूपमा अध्ययनरत् विद्यार्थीहरूका लागि उपचारात्मक कक्षा (Remedial Class) सञ्चालन गरिने भएकाले ईच्छुक विद्यार्थीहरूले कुनकुन विषयमा कक्षा लिनुपर्ने हो सो बेहोरा खुलाई तत्तत् विभागका प्रममुखसँग सम्पर्क गरी मिति २०८३ जेठ ८ गतेभित्र आवेदन दिनका लागि यो सूचना जारी गरिएको छ । यससम्बन्धी थप जानकारी सम्बन्धित स‌ङ्कायका सहायक क्याम्पस प्रमुखहरू र क्याम्पस प्रशासनबाट प्राप्त गर्न सकिने बेहोरा समेत अवगत गराइन्छ ।
सम्पर्क :
१. हरिप्रसाद पाण्डेय, सहायक क्याम्पस प्रमुख, शिक्षाशास्त्र सङ्काय (मोबाइल नं. ९८४७६२०९७८)
२. हिरालाल रेग्मी, सहायक क्याम्पस प्रमुख, व्यवस्थापन स‌ङ्काय (मोबाइल नं. ९८५७६२०७०३)
३. ध्रुवराज गौतम, व्यवस्थापन विभाग प्रमुख, (मोबाइल नं. ९८५७६२००४३)
४. कुलप्रसाद अधिकारी, शिक्षाशास्त्र विभाग प्रमुख, (मोबाइल नं. ९८५७६२०५१९)