उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तहतर्फ २०८१-२०८४ समूहमा मानविकी तथा सामाजिकशास्त्र /शिक्षाशास्त्र / व्यवस्थापन सङ्काय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ प्रथम वर्षमा विद्यार्थी भर्नाको क्रम जारी रहेको हुँदा प्रथम वर्षको पठनपाठन यही मिति २०८१ मङ्सिर ९ गते आइतवारदेखि नियमित रूपमा हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै क्याम्पसले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भई बसेका विद्यार्थीहरूलाई मिति २०८१ मङ्सिर ७ गतेभित्र भर्ना हुनका लागि समेत यसै सूचनामार्फत् जानकारी गराइन्छ ।