नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार पूर्व सभामुख दमननाथ ढुङ्गानाको मिति २०८१/०८/०२ गते भएको निधनको शोकमा नेपाल सरकारले आज मिति २०८१।०८।०३ गते सार्वजनिक बिदा दिने निर्णय गरे बमोजिम यस क्याम्पसमा पनि सम्पूर्ण शैक्षिक एवं प्रशासनिक कार्य बन्द रहने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै त्रि.वि.ले तोकेका पूर्वनिर्धारित परीक्षाहरू यथावत सञ्चालन हुने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।