BICTE कार्यक्रमका बारेमा बारम्बार सोधिने प्रश्नहरु (Frequently Asked Questions)

BICTE सम्बन्धी जानकारी, छात्रवृत्ति, शुल्क, योग्यता, प्रवेश प्रक्रिया र अवसरहरू

1. BICTE के हो?
Bachelor of Information and Communication Technology Education (BICTE) त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सूचना प्रविधि केन्द्रित स्नातक तहको कार्यक्रम हो। यो चार वर्षे, आठ सेमेस्टरमा आधारित कार्यक्रम हो।
2. BICTE कस्तो प्रकारको कोर्स हो?
BICTE एक IT-focused bachelor level program हो। यसले विद्यार्थीलाई Information Technology, Programming, Artificial Intelligence, Web Technology, Database, Networking, Cybersecurity, Software Development र Real-World Experience जस्ता क्षेत्रमा बलियो आधार प्रदान गर्दछ।
3. धवलागिरि बहुमुखी क्याम्पसमा BICTE अध्ययन गर्न कति शुल्क लाग्छ?
धवलागिरि बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस भएकाले यहाँ BICTE निकै affordable IT program हो।

भर्ना / पहिलो सेमेस्टरका लागि शुल्क रु. ४५,००० लाग्छ।
दोस्रो सेमेस्टरदेखि प्रति सेमेस्टर रु. ३५,००० शुल्क लाग्छ।
4. BICTE कोर्स कसले पढ्न पाउँछ?
कक्षा १२ वा सो सरहमा कुनै पनि विषय जस्तै Science, Management, Humanities, Education, Law वा अन्य recognized stream बाट उत्तीर्ण विद्यार्थीले BICTE अध्ययन गर्न पाउँछन्।
5. BICTE अध्ययन गर्न न्यूनतम शैक्षिक योग्यता के चाहिन्छ?
विद्यार्थीले कुनै पनि recognized board वा institution बाट +2 वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ। न्यूनतम C+ grade वा minimum 2.01 GPA आवश्यक हुन्छ।
6. मैले कक्षा १२ विज्ञान संकायबाट पास गरेको छु तर गणित थिएन। के म BICTE को लागि आवेदन दिन सक्छु?
हो, तपाईंले कक्षा १२ वा सो सरह न्यूनतम C+ grade वा minimum 2.01 GPA ल्याउनुभएको छ भने BICTE का लागि आवेदन दिन सक्नुहुन्छ।
7. प्रवेश परीक्षा पास गर्न कति अंक ल्याउनुपर्छ?
प्रवेश परीक्षामा उत्तीर्ण हुनका लागि न्यूनतम ४० अंक ल्याउनुपर्छ।
8. प्रवेश परीक्षाको पाठ्यक्रम कस्तो हुन्छ?
प्रवेश परीक्षामा निम्न क्षेत्रबाट प्रश्नहरू सोधिन्छन्:
  • ICT – 40%
  • Mathematics – 25%
  • English – 15%
  • General Knowledge – 20%
9. के क्याम्पसले BICTE अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्दछ?

BICTE छात्रवृत्ति तथा शुल्क छुट योजना

योग्यता, उत्कृष्टता र उपलब्धिलाई सम्मान गर्दै BICTE विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति तथा शुल्क छुटको व्यवस्था गरिएको छ।

प्रवेश परीक्षा (CEAT) उत्कृष्टता छात्रवृत्ति
CEAT प्रवेश परीक्षामा Top 2 हुने विद्यार्थीलाई भर्ना शुल्कमा ५०% छुट।

भर्ना उत्कृष्टता तथा आरक्षण छात्रवृत्ति
भर्नाका आधारमा जेहेन्दार 2 जना र आरक्षणतर्फ 2 जना गरी जम्मा 4 जना विद्यार्थीलाई शिक्षण शुल्कमा ५०% छुट।

सेमेष्टर उत्कृष्टता पुरस्कार
प्रत्येक सेमेष्टरमा Top हुने 1 छात्र र 1 छात्रालाई आगामी सेमेष्टरको शिक्षण शुल्कमा ५०% छुट।

प्रदेश उत्कृष्ट विद्यार्थी सम्मान
सेमेष्टर बोर्ड परीक्षामा प्रदेश प्रथम (Province Top) हुने विद्यार्थीलाई आगामी सेमेष्टरको शिक्षण शुल्कमा १००% छुट।

त्रिभुवन विश्वविद्यालय उत्कृष्ट विद्यार्थी सम्मान
सेमेष्टर बोर्ड परीक्षामा त्रिभुवन विश्वविद्यालय (TU) Top हुने विद्यार्थीलाई आगामी सबै सेमेष्टरको शिक्षण शुल्कमा १००% छुट।

अक्षय कोष छात्रवृत्ति
क्याम्पसमा स्थापना गरिएका विभिन्न अक्षय कोषहरू मार्फत सर्वोत्कृष्ट छात्र-छात्रालाई आकर्षक छात्रवृत्ति प्रदान गरिने व्यवस्था।
10. BICTE अध्ययन गर्न कतिवटा कोटा हुन्छ?
धवलागिरि बहुमुखी क्याम्पसमा BICTE कार्यक्रमका लागि केवल ३६ सिट उपलब्ध छन्।
11. BICTE प्रवेश प्रक्रिया कस्तो हुन्छ?
BICTE मा प्रवेशका लागि फारम भर्ने, आवश्यक कागजात बुझाउने, प्रवेश परीक्षा पास गर्ने र merit basis अनुसार भर्ना प्रक्रिया पूरा गर्नुपर्छ।

आवश्यक कागजातहरू:
  • कक्षा १० को Marksheet र Character Certificate
  • कक्षा १२ को Transcript वा Result Screenshot
  • १ प्रति Passport Size Photo
  • अन्य आवश्यक कागजातहरू
12. BICTE कार्यक्रमका मुख्य विषयहरू के-के हुन्?
BICTE मा आधुनिक IT र practical skill सम्बन्धी धेरै महत्वपूर्ण विषयहरू समावेश छन्:
  • Programming Concept with C
  • Object Oriented Programming with C++
  • Java Programming Language
  • Python Programming
  • Artificial Intelligence
  • Web Technology
  • Network and Information Security
  • Database Management System
  • Data Structure and Algorithm
  • Operating System
  • System Administration with Linux
  • Data Communication and Networks
  • Software Engineering and Project Management
  • System Analysis and Design
  • Microprocessor and Computer Organization
  • Digital Logic
  • Computer Graphics
  • Visual Programming
  • Project Work and Internship
13. BICTE मा Project र Internship हुन्छ?
हो, BICTE मा Project Work र Internship समावेश हुन्छ। यसले विद्यार्थीलाई real-world practical experience प्राप्त गर्न सहयोग गर्दछ।
14. BICTE अध्ययन गर्दा कम्प्युटर अनिवार्य चाहिन्छ?
व्यक्तिगत laptop वा computer भएमा पढाइमा सहज हुन्छ। तर क्याम्पसमा well-equipped computer lab भएकाले विद्यार्थीहरूले lab मा बसेर practical work गर्न सक्छन्।
15. BICTE अध्ययन गर्दा Lab सुविधा हुन्छ?
हो, क्याम्पसमा well-equipped Computer Lab र Digital Logic Lab को सुविधा छ। विद्यार्थीहरूले practical learning, programming practice, project work र lab-based activities गर्न पाउँछन्।
16. BICTE धवलागिरि बहुमुखी क्याम्पसमा कहिलेदेखि सुरु भएको हो?
धवलागिरि बहुमुखी क्याम्पसमा BICTE Program २०८२ B.S. बाट सुरु भएको हो। यो बागलुङको पहिलो BICTE Program हो। पहिलो batch ले First Semester Examination पूरा गरिसकेका छन् र हाल Second Semester मा अध्ययनरत छन्।
17. BICTE पछि के-के अवसरहरू छन्?
BICTE पछि नेपाल तथा विदेशमा धेरै अवसरहरू छन्:
  • Computer Officer / IT Officer
  • Programmer / Software Developer
  • Web Developer
  • Database Administrator
  • Network Engineer
  • System Administrator
  • IT Support Specialist
  • Cybersecurity Assistant
  • Digital Content Creator
  • Freelancer / Remote Worker
  • Startup Founder / Tech Entrepreneur
  • NGO, INGO, Bank, Government Office, Software Company र Private Sector मा IT सम्बन्धी अवसर
  • सूचना प्रविधि सम्बन्धी जुनसुकै क्षेत्रमा करियर बनाउन सकिने।
18. BICTE पछि थप के अध्ययन गर्न सकिन्छ?
BICTE पूरा गरेपछि विद्यार्थीहरूले विभिन्न IT-related higher study गर्न सक्छन्:
  • Master in ICT
  • Master in Computer Application
  • Master in Information Technology
  • MSc Information System
  • MSc Data Science
  • MBA-IT
  • Nepal तथा abroad का अन्य IT-related programs
19. BICTE जस्तै समान मान्यता भएका TU का अन्य कुन-कुन IT programs छन्?
स्नातक तहमा BICTE जस्तै मान्यता भएका त्रि.वि.का अन्य IT program हरुमा BSc. CSIT, BCA, BIT र BITM रहेका छन्।
20. के BICTE पछि विदेशमा अध्ययन गर्न जान सकिन्छ?
पक्कै सकिन्छ। BICTE त्रिभुवन विश्वविद्यालयको bachelor-level degree भएकाले विद्यार्थीहरूले विदेशमा IT-related higher study का लागि आवेदन दिन सक्छन्।
21. धवलागिरि बहुमुखी क्याम्पसमा BICTE कार्यक्रमको विशेषता के छ?
धवलागिरि बहुमुखी क्याम्पस TU constituent campus र QAA certified campus हो। यहाँ BICTE विद्यार्थीका लागि experienced faculty, well-equipped computer lab, Digital Logic Lab, practical learning environment, hostel facility, large playground, sports-friendly environment र additional skill-based trainings को व्यवस्था छ।
22. Hostel व्यवस्था के छ?
धवलागिरि बहुमुखी क्याम्पसमा Girls र Boys Hostel सुविधा उपलब्ध छ। Hostel सम्बन्धी विस्तृत जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न सकिन्छ।
23. BICTE विद्यार्थीहरूका लागि के-कस्ता निःशुल्क / अतिरिक्त तालिमहरू उपलब्ध छन्?
BICTE विद्यार्थीहरूलाई practical र job-ready बनाउन विभिन्न additional skill-based trainings उपलब्ध गराइन्छ:
  • Office Package
  • Graphic Designing
  • Hardware and Networking
  • Programming Skills
  • Web Development
  • Artificial Intelligence and AI Tools
  • Cloud Computing Basics
  • Cybersecurity Awareness
  • Digital Content Creation
  • Student-choice training
24. हालको प्रवेश परीक्षा र भर्नाको समय तालिका के छ?
शैक्षिक सत्र २०८३/०८४ का लागि BICTE प्रवेश तथा भर्ना कार्यक्रम:
  • आवेदन फाराम भर्ने अवधि: २०८३ असार ९ गतेदेखि श्रावण २५ गतेसम्म
  • विलम्ब शुल्कसहित आवेदन: २०८३ श्रावण २६ गतेदेखि ३१ गतेसम्म
  • प्रवेश परीक्षा (CEAT): २०८३ भदौ ५ गते, शुक्रबार, दिउँसो १:०० बजे
  • प्रवेश परीक्षाको नतिजा प्रकाशन: २०८३ भदौ १० गते
  • भर्ना अवधि: २०८३ भदौ ११ गतेदेखि २६ गतेसम्म
  • कक्षा सञ्चालन: २०८३ भदौ ३१ गतेदेखि

Online Entrance Form:
📝 यहाँ क्लिक गरी प्रवेश परीक्षा फाराम भर्नुहोस्

नोटः प्रवेश परीक्षा, नतिजा तथा भर्ना सम्बन्धी कुनै परिवर्तन भएमा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय, डिनको कार्यालय तथा धवलागिरि बहुमुखी क्याम्पसको आधिकारिक सूचनालाई नै मान्य गरिनेछ।

25. भर्ना प्रक्रिया तथा थप जानकारी वा परामर्शका लागि कहाँ सम्पर्क गर्ने?
थप जानकारीका लागि धवलागिरि बहुमुखी क्याम्पसमा सम्पर्क गर्न सकिन्छ:

☎ Phone:
068-520113
9857645120
9847624702

🟢 WhatsApp:
9849677549

✉ Email:
info@dmc.tu.edu.np
dmcbicte@gmail.com

🌐 Website:
www.dmc.tu.edu.np
Updated: 2083-03-17 (2026-07-01)
🟢 WhatsApp