त्रि वि दिवशको अवसरमा वृक्षारोपण, गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न ।
आज श्रावण ७ गते
त्रिभुवन विश्वविद्यालयको ६७औं स्थापना दिवशको अवसरमा आज धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा क्याम्पस परिवारबाट वृक्षारोपण, बगैचा गोडमेल तथा क्याम्पस परिसरमा सरसफाइको कार्यक्रम सम्पन्न गरियो । क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको नेतृत्व तथा प्रमुख आतिथ्यतमा क्यामपस परिसरमा विभिन्न प्रजातीका फूलहरुका विरुवा तथा केही वृक्षहरु रोपेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त अवसरमा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुद्वारा क्याम्पसमा रहेका विभिन्न फूलका क्यारीहरुमा गोडमेल गरिएको थियो । साथै उक्त कार्यक्रममा उपस्थित सबैले क्याम्पस परिसरमा सरसफाइ पनि गरेका थियो । आज भन्दा ६७ वर्ष पहिला आषढ शुक्ल नवमीका दिन स्थापना भएको नेपालको सबै भन्दा पुरानो आजसम्म पनि नेपालको उच्चशिक्षामा लगभाग ७८ प्रतिशत भार बहन गरेको यस विश्वविद्यालयले राष्ट्राको आवश्यकतालाई पुर्ति गर्दै आएको छ । यसमा समय समयमा आएका विभिन्न परिघटनाहरुले यसको छबिमा केही कमी आएता पनि उच्चशिक्षामा यसले प्रदान गरेको योगदानलाई कसैले भुलेको छैन । विश्वविद्यालयलाई अझ सशक्त र प्राज्ञिक कार्यमा अग्रसर हुन निडर भएका लाग्नु पर्ने देखिन्छ । आजको कार्यक्रम वृक्षारोपण, गोडमेल तथा सरसफाइ कार्यक्रम पश्चात जलपानसंगै समाप्त गरिएको थियो । कार्यक्रम सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमाको सञ्चलन, सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीको संयोजन र निमित्त क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।