धवलागिरि बहुमुखी क्याम्पससँग राजेन्द्र बानियाँ कार्यक्रम सम्पन्न   भाद्र ९

धवलागिरि बहुमुखी क्याम्पससँग राजेन्द्र बानियाँ कार्यक्रम सम्पन्न   भाद्र ९

2026-08-25

धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा नेपाल लिड डटकमको आयोजना र धवलागिरि क्याम्पसको संयोजनमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । लिसन सिंहदरबार अन्तर्गत बागलुङ बजारमा पाल्नु भएका वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले क्याम्पसका विद्यार्थीहरुसँग अन्तक्र्रिया गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पस प्रमुख सह प्रा.डा. सुदर्शन सिलवालले लिड नेपालको समूहलाई स्वागत गर्दै क्याम्पसको ऐतिहासिक तथा वर्तमान अवस्थाका समग्र पक्षका बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले   अध्यक्षको आसनबाट पत्रकारिता क्षेत्र सर्वसाधारलाई सुसुचित गर्ने क्षेत्र भएकाले सकारात्मक सुचना प्रवाहमा पत्रकारहरु लाग्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । क्याम्पस प्रमुखले क्याम्पसमा जानशक्तिको समस्या र विद्यार्थी ड्रपआउट सम्बन्धी समस्यालाई जानकारी गराउनु भएको थियो ।

पत्रकार राजेन्द्र बानियाले कार्यक्रममा आफ्ना विगतमा शिक्षा क्षेत्रको अनुभावलाई  जानकारी गराउँदै पछिल्लो पुस्ताको गतिशीलतालाई प्रयोग गरेर नयाँ प्रतिफलनको प्राप्तिमा लगाउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । ज्ञानलाई प्रायोगितक क्षेत्रमा लगाउन संज्ञानात्मक विकास आजको आवश्यकाता रहेको विचार बानियाँले व्यक्त गर्नु भएको थियो । शिक्षाको क्षेत्र समाजको सबै भन्दा उत्तर दयित्वपूर्ण क्षेत्र भएको विचार राख्दै शिक्षकले आफ्ना विद्यार्थीको प्रगतिमा रमाउने वर्ग भएकाले गुरुप्रति आदरणीय भावना राख्न अनुरोध गर्नु भएको थियो । मैले जानेको छु भन्नु भन्दा मैले पनि जानेको छु भन्ने विचार राख्नु पर्ने विचार राख्दै अविभावकको भावना अनुरुप व्यवहार गर्न विद्यार्थीहरुलाई अभिप्रेरित गर्नु भएको थियो । विदेश पलायन प्रवृतिप्रति धारणा राख्दै विदेशमा सहज जीवन नरहेकाले सम्भब भएसम्म देशमा नै स्वरोजगार वा राष्ट्रको सेवामा लाग्न आग्रह गर्नु भएको थियो । बानियाँले अविभावकलाई खुसी प्रदान गर्नु विद्यार्थीको दायित्व भएकाले सबैले वहाँहरुको मुखराविन्दमा हर्ष प्रदान गर्न अग्रसर हुन अनुरोध गर्नु भएको थियो । माटो चिनेर जीवनलाई मूल्याङ्कन गर्न आग्रह गर्दै सधै सकारात्मक विचार राख्न अुनुरोध गर्नु भएको थियो । परपीडक ग्रन्थिलाई त्यागेर्र सर्वे भवन्तु सुखिन’ भन्ने भावना राख्न विद्यार्थीकमा विकास भएका छोटो सूचना वा अनधिकृत सूचनाका आधारमा विचार बनाउनु भन्दा सूचनालाई परीक्षण गरेर मात्र विचार बनाउनु पर्ने विचार बानियाँको थियो ।

उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सरकारसँग सम्बद्ध विभिन्न प्रश्न वा जिज्ञाशा राख्नु भएको थियो । बानियाँले विद्यार्थीहरुका जिज्ञाशालाई सम्बद्ध पक्षमा पुगाउने विचार व्यक्त गर्दै विकास क्रमिकगति हो भन्दै क्याम्पस परिवारलाई धन्यावाद ज्ञापन गर्दे कार्यक्रमलाई बानियाँजीले समापन गर्नु भएको थियो ।