संविधान दिवस तथा राष्ट्रिय पर्वको अवसररमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
आश्निव २
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा १२ औं संविधान दिवस तथा राष्ट्रिय पर्व २०८३ को अवसरमा नेपालको संविधान कार्यान्वयन, चुनौती र नागरिक कर्तव्य विषयक अन्तरक्रियका कार्यक्रम सम्पन्न गरियो । नेपालको संविधान २०७२ जारी भएको दिन आश्विन ३ गतेको पूर्व सन्ध्यामा नेपाल सरकारबाट देशभर संविधान दिवस तथा राष्ट्रिय पर्व मनाउने अवधारण अनुरुप बागलुङ जिल्लाको मूल आयोजक समिति जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा बासेको बैठकबाट उक्त विषयमा अन्तक्रिया कार्यक्रम धवलागिरि बहुमुखी क्याम्पसको राजनीतिशास्त्र तथा इतिहास विभागको संयोजनमा सञ्चालन गर्ने निर्णय भए अनुरुप कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आवधारणा पत्र प्रस्तुत गर्दै यस क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमले संविधानको सैद्धान्तिक पक्षसंगै हाम्रो देशमा बनेका विभिन्न समयका संविधान र तिनका विशेषता साथै वर्तमान संविधाका प्राप्ति र चुर्नौतिका बारेमा धारणा प्रस्तुत गर्नु भएको थियो । साथै संविधानका अधिकारका विषय मात्र होइन नागरिकका कर्तव्य पनि व्यवस्था भएकाले त्यस तर्फ पनि हामी सबैले विचार पुगाउनु पर्ने विचार गौतमको थियो । गौतमद्वारा प्रस्तुत अवधारण पत्रमाथि टिप्पणी गर्दै वरिष्ट अधिवक्ता काजी गाउँले श्रेष्ठले संविधान वस्तुत उत्तम रहेको तर कार्यान्वयनमा देखिएका विभिन्न कमजोरिका कारण संविधानप्रति जनताको विश्वास कम भएको विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा विशिष्ठ अतिथिको आसनबाट बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले संविधान देशको मूल कानुन भएकाले यसलाई सबैले आ–आफ्नो स्थानबाट कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि बागलुङ जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाले संविधान देशले लामौ संघषद्वारा प्राप्त गरेका दस्तावेज हो । यसलाई राजनैतिक सम्झौताको मूल आधार मान्नु पर्छ भन्दै जनताले जनताका लागि बनाएको संविधान भएकाले यसको कार्यान्वयनमा व्यक्तिवादी प्रवृतिले गर्दा जानतामा वितृष्ण जन्मन गइ विकल्प खोज्ने प्रवृतिका कारण आज नयाँ शक्तिहरु बन्ने अवस्था सृजना भएको विचार व्यक्त गर्नु भएकौ थियो ।
उक्त कार्यक्रमा ध ब क्या स्ववियु अध्यक्ष आश्मिन शेख, वार अध्यक्ष गीता श्रीस, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद गौतम, रास्वपा प्रतिनिधि पुनम शर्मा, एमाले जिल्ला सचिव गणेश थापा, नेकपा जिल्ला सह संयोजक पिङ्गलराज गौतम, जनमोर्चा जिल्ला अध्यक्ष तिलक थापा, ध ब क्या सञ्चालन समितिका अध्यक्ष प्रा. डा.दिनबहादुर थापा लगायतले शुभकामना तथा संविधानको कार्यान्वयन तथा नागरिक कर्तव्यका पक्षमा विचार व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा संविधान संशोधनका विषयमा हतार गर्नु भन्दा देशको अवस्था र यसमा रहेका विशेषताका आधारमा कार्य गर्नु पर्ने विचार सबैको थियो । उक्त कर्यक्रमा निमित्त क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्य, राजनीतिशास्त्र तथा इतिहास विभागका विभागीय प्रमुख गोविन्दराज गौतमको अध्यक्षता र निवर्तमन क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्ययको सञ्चालनमा सम्पन्न भएको थियो ।
