अविभावकसँग धवलागिरि बहुमुखी क्याम्पस अन्तक्रिया कार्यक्रम सम्पन्न ।
भाद्र २
धवलागिरि क्षेत्रको शैक्षिक घरोहर धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा भाद्र २ वा क्याम्पस स्थापना दिवसको अवसरमा अविभावकसँग धवलागिरि बहुमुखी क्याम्पस विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरियो । २०१९ साल भाद्र २ गते तत्कालीन समयका शिक्षाप्रेमी, प्रशासक, वुद्धिजीवी तथा अविभावकहरुको सक्रियतामा धवलागिरि महेन्द्र इन्टर कलेज (हाल धवलागिरि बहुमुखी क्यामप)का रुपमा स्थापना भएको यस क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा अविभावकका भावना तथा विचारहरुलाई ग्रहण गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्याम्पसको अवस्था र भावी कार्ययोजनाको बारेमा क्याम्पस प्रमुख सहप्रा. डा. सुदर्शन सिलवालले अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । उक्त अवधारण पत्रमा क्याम्पसको विकासमा आएका विभिन्न पडावहरुको बारेमा चर्चा गर्नु भएको थियो । क्याम्पसमा सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमको बारेमा पनि अवधारणा पत्रमा जानकारी गराउनु भएको थियो । पछिल्लो चरणमा विद्यार्थी भर्ना प्रक्रिम बढेको भएता पनि देशको वर्तमान अवस्थाको प्रभाव विदश पलायन प्रवृतिले ड्रपआउटको संख्या बढी भएकाले उपल्लो खण्डमा विद्यार्थी घटने प्रवृति यथावत रहेका छ । भौतिक अवस्थामा क्याम्पसले प्रगति गरेको र विद्युतीय समस्या समाधान गर्न सौर्य उर्जाको वैकल्पिक व्यवस्थान गरिएको विचार क्याम्पस प्रमुखले राख्नु भएको थियो । क्याम्पसले प्राप्त गरेको गुणस्तर प्रत्यायन प्रमाण पत्रलाई सबल र पुनः नवीकरण गर्न क्याम्पस परिवार अग्रसर रहेको विचार व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुलाई स्वरोजमा अग्रसर बनाउन इन्कुबेसन कक्षको स्थापन गरी विद्यार्थीहरुलाई विभिन्न कार्यका लगाइएको बेहोरा जानकारी गराउनु भएको थियो । क्याम्पसलाई मानित विश्वविद्यालय बनाएर यस क्षेत्रको समग्र विकासमा लाग्नु पर्ने विचरा राख्दै केही चुनौतिहरुसंग सामना गर्दै अगाडी बढने विचार व्यक्त गर्नु भएको थियो ।
अविभावको तर्फबाट नारायण आर्चायले आजको विषम परिस्थितिका कारण युवा वर्गमा परेको प्रभावले विद्यार्थीको भावना वा विचारमा परेका परिवर्तनलाई बुझेर अध्यापन कार्यमा रहनु हुन सुझाव व्यक्त गर्नु भएको थियो । सम्पूर्ण अविभाकहरुले क्याम्पसको वर्तमान अवस्थाप्रति सन्तुष्टी जनाउँदै क्याम्पसको समग्र विकासमा सबैको साथ रहेन विचार व्यक्त गर्नु भएको थियो । विद्यार्थीलाई आफ्नो लक्ष्य आफै बनाउन लगाएर शैक्षिक उन्नयनमा लगाउन अविभावक दिपक सापकोटाले जनाउनु भएको थियो । जनशक्तिलाई देशप्रति प्रेम र देशमा केही गर्न सकिन्छ भन्ने कार्यक्रम आयोजना गरेर डिजिटर ग्याजेटप्रतिको मोहलाई कसरी घटाउन सकिन्छ भन्ने वैचारिक तथा मनोविमर्स कार्यक्रम गर्न अविभावकले अनुरोध गर्नु भएको थियो । विद्यार्थीमा सामजिक दायित्वप्रति पनि जागरुक गराउनु पर्ने विचार उक्त कार्यक्रममा व्यक्त भएका थिए । विद्यार्थीहरुका लागि मनोविमर्सका कार्यक्रम सञ्चालन गर्न स्ववियु अध्यक्षले अनुरोध गर्नु भएको थियो । उक्त अवसरमा उठेका विचरहरुलाई सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले टिपोट गर्न भएको थियो । अध्यक्षको आसनबाट प्रा.डा. दिनबहादुर थापाले अविभावहरुले प्रदान गर्नु भएका सुझावलाई आत्मसाथ गरी विद्यार्थीहरुमा समय सापेक्ष रुपमा विकास भएका परिवर्तन वा व्यवहारालाई सबैले अवलोकन गरी सुधार तर्फ लाग्ने परामर्सको कार्य सञ्चालन गरिने विचार गर्नु भएको थियो । क्याम्पसको गुणस्तर कायम राख्न अविभावक, विद्यार्थी, कर्मचारी र प्राध्यपक सबैले कार्य सम्पादन गर्ने पर्ने विचार व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।