वकृत्वकाला प्रतियोगित सम्पन्न

वकृत्वकाला प्रतियोगित सम्पन्न

2022-05-26

२०७९ जेठ १२
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा  नेपाली विभागको संंयोजनमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा पहिचान गरी क्षमाता वृद्धि गर्न वकतृत्वकला प्रतियाेिगता आयोजन गरियो । उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विभिन्न संकाय र संस्थानका विद्यार्थीहरुले भाग लिएका थिए । उक्त कार्यक्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले विद्यार्थीहरुको वैयक्तिक विकसले शैक्षिक गुुणस्तरको विकासको प्रमाण हुने भएकाले यसमा विद्यार्थीहरुलाई  सक्रियतासाथ अग्रसर हुन आग्रह गर्न भयो । यस कार्यक्रमा २० जने विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई क्याम्पस प्रमुखले अबिर र पुरस्कार प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाली विभागका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता र उप प्राध्यापक शिवशरण ज्ञवालीको स्वागत र सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।